काठमाडौं- पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलिदेखि पुनः आमरण अनशनमा बस्ने बताएका छन्। मंगलवार काठमाडौंको अनामनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। आमरण अनशनको सर्मथनमा लगानीकर्ताका ९ संघसंगठन छन्।
संघर्ष समितिले यसअघि बुझाएको १९ बुँदे माग पूरा नभएको भन्दै उनले आमरण अनशन बस्न लागेको उल्लेख गरे। नेपाल धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले आफ्ना माग पूरा गर्नुपर्ने उनको भनभाय छ।
५२ लाख लगानीकर्ताको लगानी सुरक्षित गरेर पुँजीबजारलाई बचाउनको लागि आन्दोलन हुँदै अनशन सुरु गर्ने उनले उल्लेख गरे। कोइरालाले पुँजीबजार सुरक्षित रहने भने धितोपत्र बोर्डको समेत अस्तित्व नरहने उनको भनाइ छ।
'५२ लाख लगानीकर्ताको लगानी सुरक्षित जोगाउनको अनशनको निर्णय गरेका हौं। बल प्रयोग गर्यो भने त्यसको विकल्प लगानीकर्ताले खोज्छन्। १९ बुँदे मागमा कुनै पनि माग सम्बोधन भएको छैन,' उनले भने, 'मार्जिन ट्रेडिङ गर्ने कुरा भएन। पुँजीबजार विस्तारवादी, साम्राज्यवादी, वित्तीय साम्राज्यवादीको एजेन्डाहरुले लगानी गर्ने ठाउँ भनेर सरकारले सोचको छ। त्यो घातक छ।’