सोमबार, असार ८, २०८३

जेठमा २३ अर्बले निक्षेप बढ्दा कर्जा दुई अर्ब वृद्धि

जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ। अन्तिम साता वाणिज्य बैंकहरुले ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ। अन्तिम साता वाणिज्य बैंकहरुले ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

National life

जेठ पहिलो साता वाणिज्य बैंकहरुले ७, दोस्रो साता ६ अर्ब र तेस्रो साता ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। नेपाल बैंकर्स संघका अनुसार जेठ महिनाभरमा बैंकहरुले २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

कर्जातर्फ भने जेठ २७ गतेसम्ममा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्। जेठ पहिलो साता २ अर्ब, दोस्रो साता ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। तेस्रो र चौथो सातामा भने कर्जा क्रमशः २–२ अर्ब रुपैयाँ घटेको छ। 


प्रकाशित: Jun 14, 2022| 18:16 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्