काठमाडौं– चलचित्रकर्मीहरूले पनि विमानस्थलको विशिष्ट तथा अति विशिष्ट (भीआईपी तथा भीभीआईपी) कक्ष कक्ष प्रयोग गर्न पाउने भएका छन्। सरकारले तोकेका विशिष्ट श्रेणीका चलचित्रकर्मीले यस्तो कक्षको सुविधा लिन पाउने भएका हुन्।
चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उनीहरूले यो सुविधा प्रयोग गर्न पाउनेछन्। चलचित्र विकास बोर्डका अनुसार विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र पाउने कलाकारको संख्या ४० छ।
विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेमा नीर शाह, हरिवंश आचार्य, राजेश हमाल, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बास्कोटालगायत छन्।
०७३ सालमा बोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो। प्राप्त आवेदनमध्ये उनीहरूले पुर्याएको योगदान र तय गरिएको मापदण्डका आधारमा ४० जनालाई विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र वितरण गरिएको थियो। यस्तो परिचयपत्र पाउने चार जना कलाकारको भने निधन भइसकेको छ।
यस्तो छ विशिष्ट श्रेणीका कलाकारको सूची