सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिटेल चेनमा इतिहास रच्दै साथीमार्ट, कोटेश्वरको नरेफाँटमा १०३ औं आउटलेट

रिटेल चेनमा इतिहास रच्दै साथीमार्ट, कोटेश्वरको नरेफाँटमा १०३ औं आउटलेट

नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टको नयाँ आउटलेट नरेफाँट, कोटेश्वर–३२ मा सञ्चालनमा आएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टको नयाँ आउटलेट नरेफाँट, कोटेश्वर–३२ मा सञ्चालनमा आएको छ। उक्त आउटलेट साथीमार्टको १०३ औँ आउटलेट हो।

National life

विगतमा बैंकिङ क्षेत्रमा आवद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बाडे श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गर्न लागेका हुन्। फ्रेन्चाइज धनी रितु शाक्यका अभिभावक सिद्धिरत्न शाक्य, धर्मराज देउजा र मना देउजाले मार्टको उद्घाटन गरेका छन्।

‘धेरै लामो समयदेखि बैंकिङ क्षेत्रमा आवद्ध भइसक्दा आफू स्वयं पनि एक सफल उद्यमी बन्न चाहेको र नेपालको यस रिटेल सेक्टरमा नयाँ सुरुवात गरी लोकल लेभलमा ग्राहकहरूलाई सुविधा उपलब्ध गराउने योजना छ,’ रितु शाक्यले भनिन् । 

‘मार्टको सुरुवाती दिनदेखि नै निःशुल्क होम डेलिभरी दिने योजना रहेको छ। साथै नरेफाँट नगरबासीहरूलाई स्मार्ट सपिङको अनुभव दिने हिसाबले साथीमार्टको ब्रान्डसँग जोडिएको हुँ,’ लक्ष्मी बाडे श्रेष्ठले भनिन्। 

६५० वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन्। साथीमार्ट ओटुओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

Shivam cement

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठूला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ। 

प्रकाशित: Jun 14, 2022| 17:32 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्