सोमबार, असार ८, २०८३

‘कोक उठाउँ, आफूलाई जगाउँ’ अफर

नेपालमा कोकाकोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ। यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । जसले ‘कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस्’ भन्ने सन्देश दिन्छ ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं–  नेपालमा कोकाकोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ। यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । जसले ‘कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस्’ भन्ने सन्देश दिन्छ ।

National life

यो क्याम्पेनको उद्देश्य उपभोक्ताहरुलाई दिउँसोको अल्छीलाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो ।

कोकाकोला नेपालले नयाँ टीभीसी सार्वजनिक गरेको छ । जसमा मोडेल अदिती बुढाथोकीलाई फिचर गरिएको छ । टीभीसीमा अदिती दिउँसोको पट्यारलाग्दो समयमा आफ्नो साथीलाई स्कुलको हल(वेमा पर्खिरहेको देख्न सकिन्छ । त्यसै क्रममा उनको साथी दुईवटा कोक लिएर अदितीतर्फ गइरहेको देख्न सकिन्छ । अदिती चिसो कोका(कोला पिउँछिन् अनि कोका(कोलाको रिफ्रेसिङ स्वादले तुरुन्तै अपलिफ्ट हुन्छिन् । रिफ्रेस्ड अदिती र उनको साथी खुसी हुँदै आफ्नो बाटो लाग्छन् ।

क्याम्पेनको बारेमा बोल्दै कोका(कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामीले यो क्याम्पेनमार्फत हाम्रा उपभोक्ताहरूलाई उहाँहरु जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका(कोलाको साथले उहाँहरुलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौं ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिउँसोको समय अल्छीलाग्दो लाग्छ । तर, त्यो पट्यारलाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरुलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

Shivam cement

कोकाकोलाले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइज तयार पारेको छ । बजारमा उपभोक्ताहरूको मागअनुसार कोका(कोलाको विभिन्न साइज र बोतलहरूमा उपलब्ध छन् । जसमा १७५ एमएल र २५० एमएलका ग्लास बोतल र २५० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर, २.२५ लिटरका पेट बोतलहरू रहेका छन् ।

त्यसैगरी बजारमा कोकाकोला जीरो सुगर पनि उपलब्ध छ ।

प्रकाशित: Jun 14, 2022| 16:18 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्