सोमबार, असार ८, २०८३

२ हजार अंकभन्दा तल झर्‍यो नेप्से

बजेटपछि १२ दिन सेयर कारोबार भइसकेको छ। मंगलबार सेयर बजार २ हजार अंकभन्दा तल झेरेको हो। मंगलबार सेयर बजार ३६ अंक घटेर १९९५ अंकमा आइपुगको हो।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- आगामी आर्थिक वर्षका सरकारले संसदमा बजेट प्रस्तुत गरेपछि सेयर बजार निरन्तर ओरोलो  लागेको लाग्यै छ। बजेटअघि पनि ओरालोयात्रामा रहको सेयर  बजेटपछि उकालो लाग्ने  अपेक्षा गरिएपनि त्यसविपरीत ओरोलो यात्रामा  लागेको हो।  

National life

बजेटपछि १२ दिन सेयर कारोबार भइसकेको छ। मंगलबार सेयर बजार २ हजार अंकभन्दा तल  झेरेको हो।  मंगलबार सेयर बजार ३६ अंक घटेर १९९६ अंकमा  आइपुगको हो।  

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूह घटेका छन्। जसमा वाणिज्य बैंक उपसमूह ०.८९ प्रतिशतले घटेको छ भने बाँकी उपसमूह १ प्रतिशतदेखि ३ प्रतिशतसम्म घटेका छन्। कारोबारमा आएका २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै पाँच कम्पनीको सेयर मूल्य बढेको छ।  मंगलबार हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज यस कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन्।

यसैगरी बलेफी हाइड्रोपावरको सेयर मूल्य ८.१५ प्रतिशत र सगरमाथा इन्स्योरेन्स, ग्रीन भेन्चर्स, गणपति लघुवित्तका लगानीकर्ताले ६ प्रतिशत भन्दा धेरै गुमाउनु परेको छ। 

Shivam cement

शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ४ करोड ६७ लाख बढीको कारोबार भएको हो। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि ३ करोड ७९ लाख बढीको सेयर कारोबार भएको हो। 

यसरी घटेको बजारमा पनि केही कम्पनीको सेयर मूल्य राम्रै अंकले बढेको छ। आज आँधिखोला लघुवित्तका लगानीकर्ताले ८.१८ प्रतिशत र एनएमबी-५० का लगानीकर्ताले ४.१० प्रतिशत कमाएका छन्।

प्रकाशित: Jun 14, 2022| 16:17 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्