मंगलबार, कात्तिक ३, २०८३

विवाहबन्धनमा बाँधिइन् गायिका जोशी

गायिका जोशी र फेसन डिजाइनर केडिया तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– गायिका इन्दिरा जोशी प्रेमी शरद केडियासँग विवाह बन्धनमा बाँधिएकी छिन्। दुवै जोडीले चितवनको वाराही जंगल लजमा मंगलबार लगनगाँठो कसेका हुन्। 

जोशी र केडियाको परिवार एवं सीमित आफन्तका बीच वैवाहिक कार्यक्रम सम्पन्न भएको गायिका जोशीको परिवारले बताएको छ। आइतबार मेहेन्दी उत्सव गरेकी जोशीले मंगलबार विधिपूर्वक विवाह गरेकी हुन्। 

गायिका जोशी र फेसन डिजाइनर केडिया तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। दुवैले २०७८ हिउँदमा माउन्ट एभरेस्ट रनवे कार्यक्रम अवसर पारेर एकअर्काबीच विवाह प्रस्ताव राखेका थिए।

प्रकाशित: Jun 14, 2022| 15:56 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।