बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दरवारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कार, होटल सञ्चालकसहित ४ जना पक्राउ

दरवारमार्गबाट बौद्ध लगेर सामूहिक बलात्कार, होटल सञ्चालकसहित ४ जना पक्राउ

काठमाडौंको दरबारमार्गबाट घर पुर्‍याइदिने भन्दै बौद्ध लगेर एक महिलामाथि सामूहिक बलात्कार भएको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई आइतबार बौद्धका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- काठमाडौंको दरबारमार्गबाट घर पुर्‍याइदिने भन्दै बौद्ध लगेर एक महिलामाथि सामूहिक बलात्कार भएको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई आइतबार बौद्धका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका-६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका-४ घर भएका ३४ वर्षीय उत्तम लामा छन्। यस्तै बौद्ध बस्दै  आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका लुङ्ता गेस्ट हाउसका सञ्चालकसमेत रहेका ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा पनि पक्राउ परेका हुन्।

दरबारमार्गबाट उनीहरूले पीडितलाई घर पुर्‍याइदिने भन्दै ट्याक्सी राखेर बौद्ध लिएर गएका थिए। रातको समय भएकाले ती महिला  पनि ट्याक्सीमा  जान  राजी भएकी थिइन्। बौद्धको लुङता गेस्ट हाउसमा पुर्‍याएपछि उनीहरूले पीडितलाई पालैपालो बलात्कार गरेको आरोप पीडितले  लगाएकी छन्। ३ जनाले जबरजस्ती करणी गरेपछि उनीहरु फरार थिए। होटल सञ्चालकलाई भने अभियुक्तहरूलाई भाग्न सहयोग  गरेको आरोपमा पक्राउ गरिएको हो। 

यसपछि पीडित महिलाले नै  प्रहरीलाई फोन गरेकी  थिइन्। 

उनीहरु उपर जबरजस्ती करणीसम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।

Shivam cement

प्रकाशित: Jun 14, 2022| 15:20 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।