सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ढैंचालाई रासायनिक मलको विकल्प बनाउँदै सुदूरपश्चिमका किसान

ढैंचालाई रासायनिक मलको विकल्प बनाउँदै सुदूरपश्चिमका किसान

खेतीपातीको समय रासायनिक मल नपाएपछि उत्पादन वृद्धिका लागि माटोको उर्बरा शक्ति बढाउन ढैंचा खेतीमा किसानको आकर्षण
 |  मंगलबार, जेठ ३१, २०७९
nespernesper

रासस

रासस

मंगलबार, जेठ ३१, २०७९

vianetvianet

कञ्चनपुर–सुदूरपश्चिमका किसानले गोबर मल र रासायनिक मलको विकल्पमा आफ्नै खेतमा ‘ढैैंचा’ नामक बिरुवा उमारेर मल बनाउन थालेका छन्। बिउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैंचाको बोटलाई पुनः खेत खनजोत गर्दा कुहिएर मल बन्ने गरेको उनीहरूको भनाइ छ।

triton college

‘गोबर मल र रासायनिक मल अभाव भएका बेला खेतमा यो बिरुवा उमारेर मलको रूपमा प्रयोग गर्दा बाली सप्रिन्छ’, कञ्चनपुरका किसान किसन चौधरीले अनुभव सुनाए, ‘जोतेको खेतमा यो बिरुवाको बिउ छरेर सिँचाइ गर्नुपर्छ, २०–२५ दिन पुगेपछि तयार हुने बोटलाई माटोमै सड्याउँदा मल बन्छ।’ 

रासायनिक मलको सट्टा कतिपय किसानले धान रोपाइँ गर्नुअघि खेतमा यो बिरुवाको बोट तयार पारेर मल बनाउन थालेको उनले बताए । किसान एग्रोभेट धनगढीका प्रमुख विष्णुराज बुर्लाकोटी माटोको उर्बरा शक्ति बढाउन  पछिल्ला वर्षमा कतिपय किसानले ढैंचाको खेती गर्न सिकेको बताउँछन्।

‘माटोको उर्बरा शक्ति बढाउन ढैंचा खेतीको अलावा मुमको खेतीसमेत गर्न सकिन्छ’, उनले भने, ‘मुमको कोसा टिपिसकेपछि बोटलाई खेतमै खनजोत गर्दा त्यसबाट पनि मल बन्छ।’ 

रासायनिक मल प्रयोग गरेर कृषि बालीबाट छिटो आम्दानी खोज्ने किसानको बानीका कारण ढैंचा र मुमको खेती गरिने क्षेत्रफल त्यति धेरै नरहेको उनले बताए।

National life insurance

पछिल्ला वर्षमा घरमा गाईभैंसीलगायतका पशुचौपाया पाल्ने घट्दै जाँदा पर्याप्त गोबर कम्पोस्ट मल अभाव हुँदै गएको छ भने रासायनिक मल प्रयोग बढ्दै गएकामा खेती गर्ने समय यो मलको समेत अभाव देखिने गरेको छ। यस वर्ष धान रोपाइँको समय सुरु भइसक्दा कैलालीलगायतका जिल्लामा रासायनिक मल अभाव भएको छ।

सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा कैलालीका लागि डिएपी र युरिया मलको मौज्दात छैन। एक पटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्कोपल्ट रासायनिक मल प्रयोग नगर्दा धान, गहुँलगायतका बालीको उत्पादकत्व निकै कम हुने गरेकाले खेती गर्दा यो मल प्रयोग गर्नैपर्ने बाध्यता रहेको किसान बताउँछन्।

धनगढीस्थित कृषि सामग्री कम्पनीको कार्यालयका प्रमुख नबलसिंह बोगटीले सुदूरपश्चिमका लागि छुट्याइएको कोटाको मलसमेत समयमै ल्याउन व्यवसायीले नमानेपछि मलको मौज्दात सकिएको जानकारी दिए।

कृषि सामग्रीको धनगढी कार्यालयको सिफारिसपत्र लिएर कतिपय कृषि सहकारी संस्थाका प्रतिनिधि आफैं भैरहवाको कृषि सामग्रीे कार्यालय पुगेर मल ल्याउन थालेका छन्।

कृषि सहकारी संस्थामार्फत सरकारी अनुदानकोे रासायनिक मल किसानलाई बिक्री वितरण हुने गरेको छ। हालै भैरहवामा पुगेको रासायनिक मलको परिमाणमध्ये सुदूरपश्चिमका लागि २ हजार १६९ मेट्रिक टन कोटा छुट्याइएको बताइएको छ।

‘त्यहाँ पनि पर्याप्त मल छैन’, उनले भने, ‘वर्षभरिमा धान र गहुँ बालीका लागि मात्रै प्रदेशमा ५० हजार मेट्रिक टनभन्दा बढी मल आवश्यक पर्छ।’

प्रकाशित: Jun 14, 2022| 14:20 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्