बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भिनाजुले परिवारका पाँच जनासँग मिलेर गरे सालाको हत्या

भिनाजुले परिवारका पाँच जनासँग मिलेर गरे सालाको हत्या

पर्साको बहुदरमाइ नगरपालिका-५ का राजेश रामको हत्या उनकै भिनाजुसहित आफन्तले गरेको खुलेको छ। राजेशको शव जगरनाथपुर गाउँपालिका-६ स्थित खोल्सोमा बरामद भएको थियो।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- पर्साको बहुदरमाइ नगरपालिका-५ का राजेश रामको हत्या उनकै भिनाजुसहित आफन्तले गरेको खुलेको छ। राजेशको शव जगरनाथपुर गाउँपालिका-६ स्थित खोल्सोमा बरामद भएको थियो।

राजेश भिनाजु हिरामन महराको घरमा पहुना लाग्न गएका थिए। सो क्रममा राजेशलाई हिरामनले आफ्नै परिवारकी एक महिला सदस्यसँग अवैध शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा फेला पारेका थिए।

त्यसपछि हिरामन र परिवारका सदस्यहरू मिलेर राजेशको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। 

राजेश रामको हत्यापछि महराको परिवारले उनको शव खोल्सामा लगेर फ्याँकिदिएको पाइएको प्रहरीले जनाएको छ। हत्या आरोपमा प्रहरीले ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवि, ३५ वर्षीया सुनिता देवि र २२ वर्षीया रिन्कु देविलाई पक्राउ गरेको छ। 

प्रहरीले उनीहरूलाई सोमबार सार्वजनिक गरेको हो। उनीहरूमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 14, 2022| 13:13 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।