मंगलबार, कात्तिक ३, २०८३

क्याट्रीक ग्यारिजनमा सांस्कृतिक धमाका

नेपाली गायकगायिकाहरुले बेलायतको क्याट्रीक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुति गरेका छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

बेलायत– नेपाली गायकगायिकाहरुले बेलायतको क्याट्रीक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुति गरेका छन्। 

सुनगाभा इन्टरटेन्डमेन्टको प्रस्तुतिमा ब्रिटीस गोर्खाज एण्ड नेप्लीज कम्यूनिटीको सहभागीतामा भ्वाइस अफ नेपालका बिजेता राम लिम्बु, गायिका सन्जु मोक्तान सहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कलाकारहरुको सहकार्यमा उनीहरुले दमदार सांस्कृति प्रस्तुति दिएका हुन्। ब्रिटीस गोर्खाज एण्ड नेप्लीज कम्यूनिटीका अध्यक्ष बिनी गुरुङले सबैलाई सांस्कृतिक धमाका स्वागत गरे। 

‘नेपाली गीतसंगितको प्रर्वदन सहित नेपाली कलाकारहरुको सम्मान गर्न कार्यक्रम आयोजना गरेका हौं,’ आयोजक नन्दराज राईले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछौं।’ लिम्बु र मोक्तानलाई बेलायतमा बसोबास गरिरहेका स्थानीय गायिका अनिला राई, गायक सोम लिम्ब, बिबेक मगर र डान्सर सुब्रिना लिम्बुले साथ दिएका थिए । 

नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा गायकगायिकाले राष्ट्रियभावले ओतप्रोत ‘यो नेपाली शिर उचाली, यो मन त मेरो नेपाली हो’ जस्ता गीत गाउदा हल पुरै गुञ्जिएको थियो । सहभागीहरुले आफ्नो जातजाति चिनाउने मौलिक पहिरन लगाएर सांस्कृतिक धमाकामा कम्मर मर्काई मर्काई नाचेका थिए। शेर्पा, राई, गुरुङ, लिम्बु, मगर लगायतका जातजातिले आफ्नो पहिरन पहिरिएका थिए । 

प्रकाशित: Jun 14, 2022| 13:07 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।