बिहीबार, असार ४, २०८३

जबरजस्ती करणीका तीन घटना सार्वजनिक, आठ जना पक्राउ

नेपालमा जबरजस्ती करणीका तीन घटना सार्वजनिक भएका छन्। काठमाडौं, मुस्ताङ र ओखलढुंगामा गरेर बलात्कारका तीन घटना सार्वजनिक भएका हुन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- नेपालमा जबरजस्ती करणीका तीन घटना सार्वजनिक भएका छन्। काठमाडौं, मुस्ताङ र ओखलढुंगामा गरेर बलात्कारका तीन घटना सार्वजनिक भएका हुन्।

National life

काठमाडौंमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका-६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका-४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका लुङ्ता गेस्ट हाउसका संचालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन्। 

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार तीन जना पुरुषले जबरजस्ती करणी गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो। उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

यस्तै मुस्ताङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले  बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

ती किशोरीलाई सोही गाउँपालिका-३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका-४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो। 

Shivam cement

ओखलढुङ्गामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन्। 

उनीहरू समेतले ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी डर धाक धम्की देखाई गत बैशाख २७ गते दिउँसो सोही नगरपालिका-११ मा जबरजस्ती करणी गरेको र यसअघि पनि  बिभिन्न स्थान र मितिमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jun 14, 2022| 13:01 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।