सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सूर्या लाइफ इन्स्योरेन्सका २५ जना अभिकर्ता सम्मानित

सूर्या लाइफ इन्स्योरेन्सका २५ जना अभिकर्ता सम्मानित

सूर्या लाइफ इन्स्योरेन्सले २५ जना अभिकर्तालाई सम्मान गरेको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्सले २५ जना अभिकर्तालाई सम्मान गरेको छ।

National life

चौथो त्रैमासिकको हालसम्म वाग्मती प्रदेशअन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बीमा शुल्क हसिल गर्न सफल २५ अभिकर्ताहरुलाई सम्मान गरिएको हो। कम्पनीले वाग्मती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनारमार्फत उनीहरुलाई सम्मान गरेको हो।

साथै देशैभरबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेता घोषणा गरिएको छ। लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वित्तीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रन्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जित्न सफल भए।

करिब ३ सय अभिकर्तामाझ सेमिनार सम्पन्न भएको छ । वाग्मती प्रदेश प्रमुख शुशिल चापागाईंको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए । जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले ुमेरो पहिलो पोलिसीु अभियान सुरु गरेको छ ।

प्रकाशित: Jun 14, 2022| 12:53 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्