आइतबार, असोज ११, २०८३

तोलामा १८ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य भारी मूल्यका साथ ओरालो लागेको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य भारी मूल्यका साथ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा सुन एक हजार ८०० रुपैयाँले घटेको छ। 

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 14, 2022| 12:41 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्