काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२४ रुपैयाँ १६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ४८ पैसा र बिक्री दर १२६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७९ पैसा र बिक्री दर ८७ रुपैयाँ २१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २१ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २७ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४९ पैसा र बिक्री दर १८ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ २ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ०८ पैसा र बिक्री दर ३४ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर