बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बौद्धको एक गेस्ट हाउसमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

बौद्धको एक गेस्ट हाउसमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

राजधानीको बौद्धमा एक २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति एक युवतीमाथि सामूहिक बलात्कार भएको हो।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- राजधानीको बौद्धमा एक २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति एक युवतीमाथि सामूहिक बलात्कार भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले घटनामा संलग्न तीन र होटल सञ्चालकसमेत गरी चार जनालाई पक्राउ गरिएको बताए।

पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ का २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन्।

यस्तै लुङ्ता गेस्ट हाउसका सञ्चालक सिन्धुपाल्चोक भोटेकोसी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आरोपीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: Jun 14, 2022| 06:36 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।