बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनसरीमा साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना, २५ जना घाइते

सुनसरीमा साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना, २५ जना घाइते

पूर्वबाट-पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो। विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

सुनसरी- सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार साँझ बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन्। 

पूर्वबाट-पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो। विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ। घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित: Jun 13, 2022| 21:58 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।