मंगलबार, कात्तिक ३, २०८३

जीबब, परिवार र सुधारगृहबीच ३ बुँदे सहमति

र्‍यापर सुदीप भण्डारीको (जी-बब) विवादका विषयमा सहमति भएको छ। र्‍यापर भण्डारी, उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीनबुँदे सहमति भएको हो।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- र्‍यापर सुदीप भण्डारीको (जी-बब)  विवादका विषयमा  सहमति भएको छ।  र्‍यापर भण्डारी, उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीनबुँदे सहमति भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीहरुबीच सहमति भएको हो। काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार र्‍यापर भण्डारीलाई अझै केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधारगृहमा राखिनेछ।

जीबबले चाहेको समयमा आमाबुबालाई भेट गराउने व्यवस्था सुधारगृहले मिलाउने सहमति छ। कार्यक्रममा जानुपरे आमाबुबाको सहमति लिनुपर्ने पनि सहमतिमा उल्लेख छ। 

यसअघि जी–बबले आमाबुबाविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका थिए। आमाबुबाले पनि उनलाई सुधारगृहले बन्धक बनाइएको भन्दै उजुरी दिएका थिए।

प्रकाशित: Jun 13, 2022| 20:12 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।