आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषिमन्त्री यादवले भने- समयमा मल ल्याउन सकेनौँ, ठेकेदारलाई कारबाही गर्छौं

कृषिमन्त्री यादवले भने- समयमा मल ल्याउन सकेनौँ, ठेकेदारलाई कारबाही गर्छौं

कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया अगाडि बढाएपनि समयमै ल्याउन नसकिएको उनले बताए।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काडमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा  एमालेले प्रतिनिधि सभामा दर्ता गराएको अत्यन्न जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो बताएका हुन्। 

कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया अगाडि  बढाएपनि समयमै ल्याउन नसकिएको उनले बताए। मल नल्याउने ठेकेदारलाई कारबाही प्रकृया अगाडी बढाइएको उनले बताए।

मल अभावका कारण सांसदहरूले  आफूहरूलाई 'जनप्रतिनिधि हौँ' भन्न पनि लाज लागेको बताएका थिए। प्रस्तावमाथि छलफलमा  सहभागी  हुँदै सांसदहरूले सरकारको  चर्को आलोचना गरेका थिए। 

प्रकाशित: Jun 13, 2022| 18:41 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्