सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक मन्त्रीले भने- अर्थमन्त्री शर्माले सम्भवत: आजै राजीनामा बुझाउनु हुनेछ

एक मन्त्रीले भने- अर्थमन्त्री शर्माले सम्भवत: आजै राजीनामा बुझाउनु हुनेछ

कर विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने तयारी गरेका छन्। मन्त्री शर्माले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले जानकारी दिए।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं-  कर विवादमा  मुछिएका अर्थमन्त्री  जनार्दन शर्माले राजीनामा दिने तयारी गरेका छन्। मन्त्री शर्माले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले जानकारी  दिए। 

National life

'अर्थमन्त्रीले सम्भवतः आजै राजीनामा दिनुहुन्छ होला,' ती मन्त्रीले नेपाल समयसँग भने। आगामी आर्थिक वर्षको बजेट बनाउने क्रममा एकजना पूर्वकर्मचारीको संलग्नताबारे समाचार सार्वजनिक भएपछि उनीमाथि राजीनामा दिन नैतिक दबाब परेको छ। 

पूर्वनायब सुब्बा रघुनाथ घिमिरेलाई राजस्वको दर हेरफेरका लागि जिम्मा दिएको समाचार बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए।

अर्थमन्त्री शर्माबारे समाचार आउँदैछ भन्ने जानकारी पाएपछि प्रचण्डले आइतबार साँझ नै उनलाई निवासमा बोलाएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए। ‘अध्यक्षज्यू सोमबार बिहानै बर्दिया जाने कार्यक्रम रहेकोले आइतबार साँझ नै अर्थमन्त्रीलाई बोलाउनु भएको थियो। भेटघाट भएको हो, तर के विषयमा कुराकानी भयो भन्नेबारे पूर्ण रुपमा जानकारी भने भएन,’ ती सदस्यले नेपाल समयसँग भनेका छन्।

माओवादी केन्द्रमा जनार्दनका प्रतिस्पर्धी मानिने नेता वर्षमान पुनले पहिलेदेखि नै अर्थमन्त्री फेर्न अध्यक्ष प्रचण्डलाई दबाब दिँदै आएको बताइन्छ। पुन पनि पूर्व अर्थमन्त्री हुन्। बजेटमा राजस्वको दर हेरफेरमा पूर्वकर्मचारीलाई संलग्न गराएको विषयले अर्थमन्त्रीको बहिर्गमनका लागि बल पुग्ने देखिएको छ। प्रचण्डले आइतबार बेलुका अर्थमन्त्री शर्मालाई बोलाएर विवादमा नफसी राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएको स्रोत बताउँछ।

Shivam cement

बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्माले पूर्व अर्थमन्त्रीको हैसियत आफूलाई नदिएको गुनासो पुनले पार्टीभित्र गर्ने गरेका थिए। शर्माप्रति असन्तुष्ट उद्योगी–व्यवसायीहरुले पनि पुनलाई अर्थमन्त्री शर्माविरुद्ध कुरा लगाउने गरेको बताइन्छ। पुनले सार्वजनिक रुपमा पनि अर्थमन्त्री शर्माको आलोचना गर्ने गरेका थिए।

प्रकाशित: Jun 13, 2022| 16:42 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्