आइतबार, असोज ११, २०८३

टाटा मोटर्सको जेनभोल्टज जेनेरेटर नेपाली बजारमा

प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ ।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ । 

भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ । 

विभिन्न प्रयोजनहरूको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो पनि छ । २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ ।

यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।     

प्रकाशित: Jun 12, 2022| 18:13 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्