काठमाडौं– रेडमी नोट ११ नेपाली बजारमा नम्बर एक स्मार्टफोन बनेको छ।
इन्टरनेशनल डाटा कर्पोरेसनको वर्ल्डवाइड क्वाटर्ली मोबाइल फोन ट्रयाकरका अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा बनेको हो।
शाओमी पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ।
रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको उल्लेख गरिएको छ। त्यस्तै रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको जनाइएको छ।
रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। यसका साथै शाओमीले एस१ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ।
यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ। अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देशभरिमा ३०००ं भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५ं अधिकृत स्टोरहरू स्थापित गरेको छ।
कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ ।
उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागि एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवासंँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ।