आइतबार, असोज ११, २०८३

पेप्सीकोले ल्यायो इनर्जी ड्रिङ्क स्टिङ्ग

पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुभारम्भसँगै नेपालमा आफ्ना वेभरेजहरुको उपलब्धतालाई बढाएको छ। जसले ग्राहकलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुभारम्भसँगै नेपालमा आफ्ना वेभरेजहरुको उपलब्धतालाई बढाएको छ। जसले ग्राहकलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ। 

ब्राण्डद्वारा नेपालमा पहिलो पटक ‘द स्टिङ्ग इनर्जी’ प्रचार अभियान अघि बढाएको छ। यस अभियानअन्तर्गत एक नयाँ जीवन्त टिभिसि विज्ञापनद्वारा ब्राण्डको ऊर्जा प्रतिबद्धतालाई अत्यन्त रचनात्मक एवं रमाइलो तरिकाद्वारा दर्शाइएको छ। 

टीभीसीले रचनात्मक तवरबाट ग्राहकहरुलाई स्टिङ्गको ऊर्जाशील स्वादको आनन्द लिँदै उनीहरुको पललाई ऊर्जामय बनाउन हौस्याउँछ। 

बिक्री शुभारम्भको अवसरमा आफ्नो मन्तव्य राख्दै पेप्सीकोका नेपाल हेर्ने वरिष्ठ बजार निर्देशक श्री नसीब पुरीले भने, ‘हामी हाम्रो इनर्जीेले भरपूर ब्राण्ड नेपालमा ल्याउन पाएकोमा हर्षित भएका छौं। स्टिङ्ग असाधारण रुपमै एक उत्कृष्ट स्वादको ड्रिङ्क हो जसले शरीरलाई मात्र नभई मस्तिष्कलाई समेत झकझकाउँछ। हामीलाई विश्वास छ, स्टिङ्गले देशभरका युवाहरुको मन मुटु, मस्तिष्क र स्वादमा राज गर्नेछ र यो नयाँ मनोरञ्जक अभियानले हाम्रा ग्राहकहरु जो सधैँ सक्रिय हुनुहुन्छ वहाँहरुसंग बलियोरुपमा प्रतिध्वनित हुनेछ।’

स्टिङ्ग २५० मिलिको प्याकमा नेपालका सबै आधुनिक एवं परम्परागत फुटकर बिक्रीस्थलहरुलगायत अग्रणी ई–कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध हुनेछ।

प्रकाशित: Jun 12, 2022| 18:08 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्