आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा अत्याधुनिक कर्पोरेट भवन बनाउने

ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा अत्याधुनिक कर्पोरेट भवन बनाउने

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।

बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इञ्जिनियरिङ लगायत डिजाइनका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटी प्रालिसँग सम्झौता गरेको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटी प्रालिका प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाबीच हस्ताक्षर भएको हो।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २ सय ८८ शाखा, २ सय ६० एटीएम, २ सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय ७५ सेवा केन्द्रबाट २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: Jun 12, 2022| 18:00 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्