आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालमा ल्याएको छ।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालमा ल्याएको छ। सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले गरे। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटनमा प्रमुख अतिथि रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं१ का प्रमुख राजेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

गछिया क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर  मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन्।

प्रकाशित: Jun 12, 2022| 17:58 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्