आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बहुमतले पारित भयो लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम

बहुमतले पारित भयो लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम

प्रदेशसभा बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको संकल्पलाई बजेटले सम्बोधन गर्ने दाबी गरे।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

बुटवल– लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। दुई दिनसम्मको छलफलपछि आइतबार प्रदेशसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। 

प्रदेश प्रमुख अमिक शेरचनले जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सभामुख पूर्णबहादुर घर्तीमगरले ध्वनि मतका आधारमा  नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे। 

प्रदेशसभा बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको संकल्पलाई बजेटले सम्बोधन गर्ने दाबी गरे । उनले भने, ‘बजेटमा लुम्बिनीको विकासलाई केन्द्रमा राखेर योजनाहरू ल्याएका छौं। बजेटले लुम्बिनी प्रदेशको समृद्धिको ढोका खोल्छ।’

 आगामी वर्षको बजेटलाई थप परिमार्जित र परिस्त बनाउन सबै जिम्मेवार हुनुपर्ने मुख्यमन्त्री केसीले बताए। राजनीतिक मतभेद र विचार फरक भए पनि प्रतिपक्ष, सत्तापक्ष लुम्बिनीको विकासमा एकजुट हुनुपर्नेमा उनले जोड दिए। 

बजेटमा प्रदेश गौरवका आयोजना र शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्य प्रदेश सरकारको रहेको उनले जानकारी दिए। ८० सदस्यीय लुम्बिनी प्रदेशसभामा सत्तारुढ ४३ र विपक्षमा ३७ सांसद छन्।

प्रकाशित: Jun 12, 2022| 15:45 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्