काठमाडौं– मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले लक्की ड्र मार्फत विजेता घोषणा गरेको छ। कम्पनीले एक समारोह आयोजना गरेर विजेताहरुलाई चेक हस्तान्तरणसमेत गरेको छ।
कम्पनीले आफ्नो दशैं, तिहार, छठ अन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको थियो। उक्त अफरमा मोटरहेडका मोटरसाइकल खरिद गर्ने काठमाण्डौं निवासी सुभेन्दुरत्न तुलाधरले १ लाख रुपैयाँ जितेका छन्। त्यस्तै दोस्रो विजेता रुकुम भर भइ हाल काठमाडौं बस्ने दया बुढामगरले ५० हजार रुपैयाँ र ललितपर निवासी सुशान्त पौडेलले तेस्रो पुरस्कार २५ हजार रुपैयाँ जितेका छन् ।
उक्त कार्यक्रममा विजेताहरुलाई चेक हस्तान्तरण एसएलआर टेक्नो एण्ड ट्रेडका निर्देशक सुगम घिमिरेले गरेका थिए । हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर जसमा स्क्रयाच गरी १ लाखसम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सकिने व्यवस्था रहेको छ ।
मोटरहेड ब्राण्डका हाल सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधाका साथ देशका मुख्य सहर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरामा र उपत्यका भित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा रहेको छ।