आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजी बजार सुधारको माग राख्दै झापाका लगानीकर्ताले बुझाए देउवा र ओलीलाई ज्ञापनपत्र

पुँजी बजार सुधारको माग राख्दै झापाका लगानीकर्ताले बुझाए देउवा र ओलीलाई ज्ञापनपत्र

पुँजी बजार सुधारको माग राख्दै पछिल्लो समय लगानीकर्ताहरुले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आफ्ना मागहरु राखिरहेका छन्।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– पुँजी बजार सुधारको माग राख्दै पछिल्लो समय लगानीकर्ताहरुले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आफ्ना मागहरु राखिरहेका छन्। केही समयअघि लगानीकर्ता संघले नेपाल राष्ट्र बैंक, अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेटेर चार बुँदे माग राखेको थियो।

उता नेपाल पुँजी बजार लगानीकर्ता संघ जिल्ला समिति झापाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी ओलीलाई भेटेर सेयर बजारमा देखिएको समस्याको समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

झापा जिल्ला संघका अध्यक्ष कृष्ण कार्कीको नेतृत्वको लगानीकर्ताको टोलीले सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मार्फत प्रधानमन्त्री देउवालाई र नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईमार्फत एमाले अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्। 

केन्द्रीय स्तरमा भइरहेको लगानीकर्ता संघसंगठनहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बिभिन्न ५ बुँदे मागहरु प्रधानमन्त्री देउवा र एमाले अध्यक्षसमक्ष राखेको छ। संघले राष्ट्र बैंकद्धारा सेयर कर्जामा लगाइएको ४–१२ करोडको सीमा हटाउन, सेयर कर्जाको जोखिम भार १५० बाट १०० कायम गर्न, बैंक तथा वित्तीय संस्थालाई सेयर कारोवारमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, बैंकलाई ब्रोकर लाइसेन्स र ब्रोकरलाई शाखा खोल्न अनुमति दिनुपर्ने माग राखेका हुन्। 


प्रकाशित: Jun 12, 2022| 12:42 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्