सोमबार, असार ८, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम गरेको छ।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ४४ पैसा र बिक्री दर १२७ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा र बिक्री दर ८८ रुपैयाँ ९४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ  ९७ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २८ पैसा र बिक्री दर ९ रुपैयाँ ३३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ १२ पैसा र बिक्री दर ३३ रुपैयाँ २८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ०२ पैसा र बिक्री दर ३४ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jun 12, 2022| 06:57 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्