काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ४४ पैसा र बिक्री दर १२७ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा र बिक्री दर ८८ रुपैयाँ ९४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ९७ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २८ पैसा र बिक्री दर ९ रुपैयाँ ३३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ १२ पैसा र बिक्री दर ३३ रुपैयाँ २८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ०२ पैसा र बिक्री दर ३४ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर