आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महँगोमा धानको बिउ वितरण गर्ने सहकारीले मुल्य फिर्ता गर्ने

महँगोमा धानको बिउ वितरण गर्ने सहकारीले मुल्य फिर्ता गर्ने

अनुदानको धानको बिउ खरिद गरी महङ्गो मुल्यमा विक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ। सहकारीले प्रतिकिलो रु ३९ मा रामपुर नगरपालिकाबाट अनुदानमा खरिद गरी ल्याएको धानको बिउ रु ४५ मा किसानलाई बिक्री गरेको थियो।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

चितवन- अनुदानको धानको बिउ खरिद गरी महङ्गो मुल्यमा विक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ। सहकारीले प्रतिकिलो रु ३९ मा रामपुर नगरपालिकाबाट अनुदानमा खरिद गरी ल्याएको धानको बिउ रु ४५ मा किसानलाई बिक्री गरेको थियो।

‘अनुदानको धानको बिउ महङ्गो मुल्यमा किसानलाई वितरण’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि सहकारीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले विविध कारणले गर्दा उठाइएको रकम फिर्ता दिने निर्णय गरिएको छ।

प्रतिकिलो रु दुई ढुवानी खर्च मात्रै लिने, धान वितरणमा परिचालित कर्मचारी खाजा खर्च, भण्डारण खर्च सबै सहकारीले व्यहोर्ने गरी चार रुपैयाँ फिर्ता गर्ने निर्णय भएको सहकारीका अध्यक्ष भेषबहादुर वंशीले बताए। उनी भन्छन्, 'प्रतिकिलो रु ३९ मा अनुदानमा खरिद गरेर ल्याइएको बिउ रु ४५ मा सहकारीले विक्री गरेका हौँ, समितिको बैठक बसेर रु दुई मात्रै लिने र बाँकी प्रतिकिलोमा रु चार किसानको खातामा नै सहकारीले जम्मा गर्ने निर्णय भएको छ।'

सहकारीले ढुवानी, भण्डारण खर्च, धान वितरणमा परिचालित जनशक्तिलाई खाजा खर्च, खुल्ला धान विक्री गर्दा पैसा फिर्ता गर्न झण्झटजस्ता कारण देखाउँदै प्रतिकिलोमै रु छ नाफा लिएर बिउ वितरण गरेको हो। 

किसानलाई सहुलियतमा वितरण गर्न ल्याइएको अनुदानको बिउ बढी  मुल्यमा बिक्री गरेको थाहा पाएपछि रामपुर नगरपालिकाले लिखित पत्र सहकारीलाई बुझाए पश्चात् रकम फिर्ता दिने भएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउछन्।

रामपुर नगरपालिकाले नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई वितरण गरेको जनाइएको छ। 

सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो बिउ उपलब्ध गराएको हो। नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिव २६ टन बिउ वितरण गरिएको छ।

प्रकाशित: Jun 10, 2022| 22:50 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्