आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति?

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति?

‘बोर्ड बैठकले मर्ज गर्ने पारित गरेपछि मर्जर सम्झौता भएको छ,' मेगा बैंक सञ्चालक समिति अध्यक्ष भोजबहादुर शाहले भने। लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंक मर्जमा जान सहमत भएका थिए।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता भएको छ। शुक्रबार बसेको दुवै बैंकको सञ्चालक समितिले मर्जरमा जाने निर्णय गरेपछि आजै मर्जर सम्झौता भएको हो। 

‘बोर्ड बैठकले मर्ज गर्ने पारित गरेपछि मर्जर सम्झौता भएको छ,' मेगा बैंक सञ्चालक समिति अध्यक्ष भोजबहादुर शाहले भने। लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंक मर्जमा जान सहमत भएका थिए। 

मर्जरपछि बैंकको नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने र बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि इन्भेष्टमेण्ट बैंकले नै लिने सम्झौता छ। मर्जपछि बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र सिइओ ज्योतिप्रकाश पाण्डे रहने छन्। दुवै बैंकले ९०:१०० को रेसियोमा मर्जमा जाने प्रारम्भिक सहमति भएको छ। 

मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ६४ करोडभन्दा बढी पुग्नेछ। 

प्रकाशित: Jun 10, 2022| 19:23 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्