आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर सम्झौताको तयारी, दुवै बैंकको बोर्ड बैठक जारी

इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर सम्झौताको तयारी, दुवै बैंकको बोर्ड बैठक जारी

मेगा बैंक सञ्चालक समिति अध्यक्ष भोजबहादुर शाहका अनुसार शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेको छ। सो बैठकले नेपाल इन्मेस्टमेन्ट बैंकसँग मर्ज गर्ने निर्णय गरेपछि मर्जको सम्झौता हुनेछ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता गर्ने तयारी अघि बढेको छ। मर्जमा जाने निर्णय गर्नका लागि शुक्रबार दुवै बैंकको सञ्चालक समितिको बैठक बसिरहेको छ। 

मेगा बैंक सञ्चालक समिति अध्यक्ष भोजबहादुर शाहका अनुसार शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेको छ। सो बैठकले नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्ज गर्ने निर्णय गरेपछि मर्ज सम्झौता हुनेछ। शुक्रबार नै मर्जर सम्झौता गर्ने तयारी भएपनि त्यसको अन्तिम टुंगो भने नलागेको उनको भनाइ छ। ‘बोर्ड बैठकले मर्ज गर्ने पारित गरेको खण्डमा सम्झौता हुनेछ,' उनले भने। लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंक मर्जमा जान हुन लागेका हुन्। 

मेगा बैंक नेपाल इन्भेष्टमेण्ट बैंकभन्दा कमजोर रहेकोले मर्जरपछि बैंकको नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने र बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि इन्भेष्टमेण्ट बैंकले नै लिने सहमति भएको बैंकका एक सञ्चालकले जानकारी दिए।

मर्जपछि बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र सिइओ ज्योतिप्रकाश पाण्डे रहने छन्। दुवै बैंकले ९०:१०० को रेसियोमा मर्जमा जाने प्रारम्भिक सहमति भएको छ। 

मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ६४ करोड भन्दा बढी पुग्नेछ। 

प्रकाशित: Jun 10, 2022| 15:49 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्