काठमाडौं– चालू आर्थिक वर्षको १० महिनामा नेपाल भित्रिने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएर ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको थियो।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २९८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो।