सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गोकर्ण विष्टको चिन्ता– हाम्रो पुस्ता विकासको गफ गर्दै सकिने भयो

गोकर्ण विष्टको चिन्ता– हाम्रो पुस्ता विकासको गफ गर्दै सकिने भयो

नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको भन्द्र चिन्ता व्यक्त गरेका छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं– नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको भन्द्र चिन्ता व्यक्त गरेका छन्। 

National life

तथा पूर्व ऊर्जामन्त्रीसमेत रहेका विष्टले शुक्रबार प्रतिनिधिसभामा ऊर्जा मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै एक शताब्दी लामो विद्युत उत्पादनको परिमाण हेर्दा र अहिले सरकारले प्रस्तुत गरेको बजेट हेर्दा त्यस्तो चिन्ता लागेको बताए।

‘२०१९ मै चीनले २० लाख मेगावाट बिजुली उत्पादन गरेको छ। भारतमा २०२२ को तथ्याकंले करिब ४ लाख मेगावाट पुगेको देखिन्छ। बंगलादेशमा २५ हजार ५ सय मेगावाट कुल जडित क्षमता छ। हामीले भने चन्द्र विद्युत गृह निर्माणपछिको १ सय १२ वर्षको अवधिमा २ हजार १ सय ७१ मेगावाट बिजुली उत्पादन गरेका छौं। जलस्रोतको माध्यमबाट देश विकास गर्ने भनेका छौं। तर १ सय १२ वर्षको अवधिले मजाक उडाइरहेको छ, खिल्ली उडारहेको छ। हाम्रो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने त होइन?’

उनले नेपालमा उत्पादन भएको २१ सय ७१ मेगावाट बिजुली वर्षाको समयमा भएको र हिउँदमा एक तिहाइ मात्रै हुने बताए। ‘अहिलेको बजेटमा सुख्खा र वर्षायाममा रहेको अन्तरलाई कम गर्न जलाशययुक्त आयोजना निर्माण गर्न विषयमा सरकारको योजना छैन,’ विष्टले भने। भारततर्फ राति बिजुली निर्यात गर्न थाले पनि चालू आर्थिक वर्षमा करिब १२ अर्ब रुपैयाँको बिजुली आयात गर्ने सम्भावना देखा परेको उनले बताए।

प्रकाशित: Jun 10, 2022| 13:58 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्