सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'निटा भी'को मूल्यबारे सीजी मोटरले दियो यस्तो प्रष्टीकरण

'निटा भी'को मूल्यबारे सीजी मोटरले दियो यस्तो प्रष्टीकरण

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हालै नेपाली नेपाली बजारमा सार्वजनिक गरेको विद्युतीय कार नेटा भीको मूल्यबारे विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं– चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हालै नेपाली नेपाली बजारमा सार्वजनिक गरेको विद्युतीय कार नेटा भीको मूल्यबारे विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको छ। 

National life

कारको मूल्यबारे सामाजिक सञ्जालमा बहस र आलोचना भएपछि कम्पनीले आफ्नो धारणा सार्वजनिक गरेको हो। कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै चीनमा ६ हजार डलरसम्म अनुदान उपलब्ध रहेकोले चिनियाँ बजारको मूल्यसँग नेपालको मूल्य तुलना गर्न नसकिने जनाएको छ।

सीजी मोटरले नेपाल ल्याएको नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ। सीजी मोटरको अनुसार नेटा भीमा उपलब्ध फिचर्स जस्तै फिचर भएका अन्य ब्राण्डले न्यूनतम मूल्य ४० लाखभन्दा माथि राखेर विक्री गरिरहेको जनाएको छ।

नेटा भीको मूल्यका सम्वन्धमा सामाजिक सञ्जालमा भइरहेका केही टिकाटिप्पणीप्रति सीजी मोटर र कार उत्पदक कम्पनी होजोन अटोमोवाइलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छन्। विहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै कम्पनीले यस सम्वन्धमा सुनियोजित रुपमा भ्रम श्रृजना गरी उपभोक्ताहरूलाई गुमराहमा पार्ने कोशिस गरिएको भन्दै यथार्थ सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमा चिनियाँ बजारमा उपलब्ध मूल्यसँग तुलना गर्दै यसको मूल्य नेपालमा धेरै रहेको र आधिकारिक विक्रेताले उच्च नाफा राखेको जस्ता बिषयलाई प्रचार गरिएको छ। उत्पादक र नेपालका लागि आधिकारिक विक्रेता दुवै कम्पनीले गलत नियतका साथ कसैले तयार पारेको कन्टेन्टले बजारमा भ्रम श्रृजना गर्ने कोशिस भएको भन्दै वास्तविकता सार्वजनिक गरेका हुन्।

Shivam cement

सामाजिक सञ्जालमा भ्रम श्रृजना गर्नुअघि विद्युतीय कारको मूल्य निर्धारण र उत्पादक देशमा उपलब्ध सेवा सुविधाबारे जानकारी हुनु अत्यन्त जरुरी रहेकोमा दुवै कम्पनीले जोड दिएका छन्। प्रेस विज्ञप्तिमा भनिएको छ नेपालमा सरकारले विद्युतीय कारमा आइसी इन्जिनयुक्त कारको तुलनामा कर सहुलियत दिएको छ। त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध छैन। तर, चीनमा भने सरकारले विद्युतीय कार खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष रुपमा नगद सहुलियत दिएको छ। यसरी दिइएको सहुलियत चीनबाट निर्यात हुने कारमा लागु हुँदैन।

दोस्रो, चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई चीनको केन्द्र सरकार र प्रान्तीय सरकारहरुले विभिन्न किसिमका छुट तथा सहुलियत दिएका छन्। जसका कारण उत्पादित वस्तुको मूल्य कम हुन्छ र त्यसको लाभ चिनियाँ उपभोक्ताले प्राप्त गर्छन्। उदाहरणकोलागि जेठ १५ मा सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमै कार उत्पादनरएसेम्बल गर्ने कम्पनीलाई ५ वर्षसम्म आय करमा ४० प्रतिशत छुट दिने उल्लेख छ। यसरी दिइने विभिन्न किसिमका छुटले उत्पादक कम्पनीको लागत कम हुने र त्यसको फाईदा नेपाली उपभोक्ताले पाउने हुन्छ। तर, निर्यात प्रयोजनका लागि भने यस्ता छुटहरु दिइएको हुँदैन।

तेस्रो, चीनले कार्बन उत्सर्जन कम गरेबापत विद्युतीय कारमा अतिरिक्त सुविधा दिँदै आएको छ। यस्तो सुविधा नेपाल आउने कारले पाउँदैनन्।

चौथो, चीनमा बायाँ (लेफ्ट ह्याण्ड ड्राईभिङ_ बाट गुड्ने गाडी प्रचलनमा छन्। नेपाललगायत अधिकांश एसियाली देशमा दायाँ (राईट ह्याण्ड ड्राईभिङ) बाट गाडी गुडाउने नियम रहेको छ। आरएचडी गाडी डिजाइन गर्न आरएन्डडी (रिसर्च एन्ड डेभलप्मेन्ट) मा लगानी गर्नुपर्ने हुन्छ।

यसरी गरिने लगानी समेत कारको लागतमा जोडिन जान्छ। उदाहरणका लागि टेस्लाले उत्पादन गर्ने कार आरएन्डी बापत प्रतिकार करिब ११ सय अमेरिकी डलर पर्ने गरेको तथ्यांक छ। त्यसैले आरएचडीमा समेत आएन्डडीको लागत जोडिँदा कारको मूल्य केही थपिएको हुन्छ।

त्यसैगरी नेपाली बजारमा उपलब्ध नेटा भीको प्रतिस्पर्धी कारको तुलनामा यसको मूल्य (सीआइएफ भ्यालु) करिब समान नै रहेको छ। यसरी हेर्ने हो भने उक्त कारको नेपाली बजारमा मूल्यको तुलनामा नेटा भीको बजार मूल्य २ लाख रुपैयाँ कम देखिन्छ।

‘चीन सरकारले चिनियाँ उपभोक्ताका लागि विद्युतीय कारमा दिएको अनुदान एवं सहुलियत जोड्दा ५ देखि ६ हजार अमेरिकी डलर हुन्छ। यस्ता विषय अहिलेको इन्टरनेटको जमानामा जोकोहीले सहजै गुगल गरेर हेर्न सक्छ। त्यसैले नेटा भीको चिनियाँ मूल्य नेपालमा तोकिएको मूल्यबारे अनावश्यक भ्रम छर्नुपूर्व चिनियाँ सहुलियत बारे अध्ययन गर्न हामी विनम्र आग्रह गर्दछौँ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

नेटा भीको मूल्यबारे फैलाईएको अफवाहको पछि नलाग्न होजोन र सीजी मोटर्सले उपभोक्ताहरुलाई अनुरोध गरेका छन्। सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफूहरुले सम्भव भएसम्मको सस्तो मुल्यमा नेपाली उपभोक्तामाझ इलेक्ट्रीक कार उपलब्ध गराएको बताए। ‘जसरी सीजी नेटको प्रवेशले नेपाली इन्टरनेट बजारको गुणस्तर, गति र मूल्य व्यापक रुपमा उपभोक्तामैत्री भयो त्यसैगरी इलेक्ट्रीक कारको मूल्य र गुणस्तरमा पनि नयाँ अध्याय शुरू हुने विश्वास हामीले लिएका छौँ’, चौधरीले भने।

उनले नेटा भीको सेग्मेन्टमा नेपाली बजारमा उपलब्धमध्ये सबैभन्दा सस्तो कार भएको बताए। होजोन अटोका नेटा ब्राण्डका क्रसओभर कारहरु पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ। यसअघि नेपालमा विक्री हुदै आएका अधिकांश विद्युतीय सवारीहरु आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा बनाइएका हुन्।

सीजी मोटर्सका मुख्य कार्यकारी अधिकृत हेमन्त अग्रवालले नेटा भीमा उपलब्ध सुविधाहरूको तुलनामा यसको मूल्य निकै आकर्षक रहेको बताए। ‘सीजीको लक्ष्य इलेक्ट्रीक गाडीलाई नेपालमा प्रवद्र्धन गर्न सकियोस् र स्वदेशमै उत्पादीत विद्युत्को उपयोग र पेट्रोलियम पदार्थको खपत घटाई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकियोस् भन्ने हो’, अग्रवालले भने, ‘त्यसैले हाम्रो ध्यान तत्कालको मुनाफामाभन्दा दिर्घकालिन रुपमा आम उपभोक्ताको मन जित्न सकियोस् भन्नेमा छ। चौधरी समूह १५० बर्षदेखि नेपाली उपभोक्तावीच उत्तिकै विश्वसनीय सावित हुनुको मर्म पनि यहि हो।’

होजोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड विश्व विख्यात अटोमोबाइल कम्पनीमा काम गरिसकेका अनुभवी प्रविधिक तथा दक्ष व्यक्तिहरुको समूहले स्थापना गरेको कम्पनी हो। सीजी मोटर्सले उपभोक्तालाई विश्वस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन उत्कृष्ट शोरुम तथा वर्कसप र हाइवेहरु तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीब्रताका साथ अगाडि बढाएको पनि जानकारी दिएको छ।

प्रकाशित: Jun 10, 2022| 12:25 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्