आइतबार, असोज १८, २०८३

भदौ १ बाट आईपीओ ल्याउँदै न्यादी हाइड्रोपावर

न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। न्यादीले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाका तथा संस्थापक शेयरधनीका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं- न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। न्यादीले  पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाका तथा संस्थापक शेयरधनीका लागि आइपीओ निष्कासन गर्न लागेको हो। 

कुल १८ लाख कित्ता आईपीओ स्थानीयका लागि छुट्याइएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ (साविक खुदी गा.वि.स. का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा र भुलभुले गाविसका)का स्थानीयका लागि ५ लाख कित्ता छुट्याइएको छ। लमजुङ जिल्लाका अन्य क्षेत्रका बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ भने बाँकी ३ लाख कित्ता बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीलाई छुट्याएको छ। 

आईपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ ३० गते हुने न्यादीले बताएको छ। आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। उक्त सेयरमा आवेदकले न्यूनतम १० कित्तादेखि बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

प्रकाशित: Aug 08, 2021| 10:43 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्