सोमबार, असार ८, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ १३ पैसा र बिक्री दर १२४ रुपैयाँ ७३ पैसा कायम गरेको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ १३ पैसा र बिक्री दर १२४ रुपैयाँ ७३ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३३ रुपैयाँ १ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५ रुपैयाँ ६५ पैसा र बिक्री दर १५६ रुपैयाँ ४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ८८ पैसा र बिक्री दर १२७ रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १ पैसा र बिक्री दर ८९ रुपैयाँ ५३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ  ३४ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३ पैसा र बिक्री दर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६ पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०९ पैसा र बिक्री दर ३३ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jun 10, 2022| 06:35 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्