आइतबार, असोज ११, २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोल र डिजेलको मूल्य वृद्धिको तथा इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न नसकेको वक्यौता बढ्दै गएकोले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोल र डिजेलको मूल्य वृद्धिको तथा इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न नसकेको वक्यौता बढ्दै गएकोले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ।

पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ बढेर १७८ रुपैयाँ पुर्‍याइएको छ भने डिजेल र मट्टीतेलमा १२ रुपैयाँ बढाएर १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ। 

निगमले पछिल्लो १५ दिनमा ३ अर्ब ८९ करोड घाटा भएकोसमेत जनाएको छ। यसअघि सरकारले पेट्रोल र डिजेलको पूर्वाधार कर बराबरको रकम प्रतिलिटर १० रुपैयाँले समायोजन गरेको थियो। 



प्रकाशित: Jun 09, 2022| 21:40 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्