आइतबार, असोज ११, २०८३

सानिमा बैंकले ल्यायो 'ग्रिन पिन'

बैंक खाता नम्बरमा दर्ता भएको मोबाइल नम्बरमा नै पिन नम्बर पठाउने व्यवस्था गरिएको छ। मोबाइल नम्बरमा पिन नम्बर प्राप्त भएको २४ घण्टाभित्र सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- सानिमा बैंकले ग्रिन पिन सुविधा ल्याएको छ। डेबिट वा क्रेडिट कार्डमा प्रयोग हुने कोडलाई मोबाइल नम्बरमा पठाइने सुविधा ग्रिन पिन सेवा ल्याइएको बैंकले जानकारी दिएको छ। 

बैंक खाता नम्बरमा दर्ता भएको मोबाइल नम्बरमा नै पिन नम्बर पठाउने व्यवस्था गरिएको छ। मोबाइल नम्बरमा पिन नम्बर प्राप्त भएको २४ घण्टाभित्र सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ। 

कागजमा प्रिन्ट गरेर दिइने पिन नम्बरलाई परिवर्तन गर्नका लागि यो व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ। 

सानिमा बैंकका सातै प्रदेशमा १२६ वटा कार्यालय छन्। बैंकले ११७ वटा एटीएम सञ्चालनमा रहेका छन्। 

प्रकाशित: Jun 09, 2022| 21:00 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्