सोमबार, असार ८, २०८३

रोयल इन्फिल्डको 'लक्जरियस राइड' यात्रा भोलिदेखि

रोयल इन्फिल्डको लक्जरियस साइड शुक्रबारदेखि सुरु भएको छ। नक्साल बुलेट सर्भिस सेन्टर र बालाजु बुलेट सर्भिस सेन्टरद्वारा संयुक्त रुपमा आयोजित लक्जरियस राइड शुक्रबारदेखि आइतबारसम्म हुन लागेको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- रोयल इन्फिल्डको लक्जरियस साइड शुक्रबारदेखि सुरु भएको छ। नक्साल बुलेट सर्भिस सेन्टर र बालाजु बुलेट सर्भिस सेन्टरद्वारा संयुक्त रुपमा आयोजित लक्जरियस राइड शुक्रबारदेखि आइतबारसम्म हुन लागेको हो। 

National life

यो काठमाडौंदेखि घान्द्रुकसम्म तीन दिनको यात्रा रहने छ। जसमा ४० देखि ५० जना राइडरहरु सहभागी हुनेछन्। वर्षमा दुई-तीन वटा राइडहरु सर्भिस सेन्टरहरुले आयोजना गरेर लैजाने गरको बालाजु सर्भिस सेन्टरका सञ्‍चालक सञ्‍जय महापुरुषले बताए। 

ग्राहकहरुलाई कम खर्चमा भ्रमण गराउनुका साथै भाइचार बढाउने उद्देश्यले यसरी कार्यक्रमहरु आयोजना गरिने उनको भनाई छ। ‘एक्लै जाँदा वा साथी सर्कलमा जाँदा पनि व्यक्तिले महँगो पैसा खर्च गर्नुपर्ने हुन्छ। तर, हामीले यसमा निकै कम पैसाको प्याकेजबाट राइडमा लग्‍ने गर्छौँ’ उनले भने ‘यसमा स्पोन्सरहरु पनि हुनुहुन्छ।’

राइडको समयावधिसम्म मेकानिकलदेखि मेडिकलको टिम सँगै रहने उनले बताए। साथै यो कार्यक्रमका लागि अल्फा अटोमोबाइल्स कम्पनी लगायतका कम्पनीले आर्थिक स्पोन्सर गरेका छन्।

प्रकाशित: Jun 09, 2022| 19:01 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्