आइतबार, असोज ११, २०८३

टाटाले जडान गर्‍यो १०८ स्थानमा चार्जिङ स्टेसन

टाटा मोटर्सले विद्युतीय गाडीको प्रयोग बढाउने उद्देश्यले देशभर चार्जिङ स्टेसन विस्तारलाई तीव्रता दिएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालसम्म देशभर १०० भन्दा बढी स्थानमा चार्जिङ सेन्टर जडान भइसकेको जनाएको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- टाटा मोटर्सले विद्युतीय गाडीको प्रयोग बढाउने उद्देश्यले देशभर चार्जिङ स्टेसन विस्तारलाई तीव्रता दिएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालसम्म देशभर १०० भन्दा बढी स्थानमा चार्जिङ सेन्टर जडान भइसकेको जनाएको छ।

कम्पनीका अनुसार १६ स्थानमा डीसी फास्ट चार्जिङ स्टेसन र ९२ स्थानमा एसी चार्जिङ स्टेसन जडान भइसकेको छ। असारसम्ममा १०० भन्दा बढी स्थानमा एसी चार्जिङ स्टेसन जडान गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ।

डीसी चार्जिङ स्टेसन बागमती प्रदेशका ६ स्थानमा जडान भएको कम्पनीले जनाएको छ। बागमती प्रदेश अन्तर्गत ललितपुर, चुम्लिङटार, हेटौंडा, मुलकोट, भरतपुर र धादिङमा डीसी चार्जिङ स्टेसन जडान भएका छन्। यसैगरी मधेश प्रदेशमा लहान, सिमरा र ढल्केबरमा, प्रदेश १ मा इटहरी र विर्तामोडमा, लुम्बिनीमा भैरहवा, भालुवाङ र नेपालगञ्जमा चार्जिङ स्टेसन जडान भएका छन्। यस्तै गण्डकीको पोखरा र सुदूरपश्चिम प्रदेशको धनगढीमा डीसी चार्जिङ स्टेसन जडान भएका छन्।

नेपालमा अहिलेसम्म ६०८ वटा विद्युतीय गाडी बिक्री भइसकेको छ। कम्पनीका अनुसार नेक्सन ईभी गाडी ५७९ वटा र टिगोर ईभी गाडी २९ गरी कुल ६०८ वटा विद्युती गाडी बिक्री भइसकेको छ।



प्रकाशित: Jun 09, 2022| 18:16 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्