आइतबार, असोज ११, २०८३

चार वस्तुको आयातमा लागेको नगद मार्जिन हट्यो

नेपाल राष्ट्र बैंकले चार प्रकारका वस्तुको आयात गर्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्था हटाएको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले चार प्रकारका वस्तुको आयात गर्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्था हटाएको छ।

बिहीबार  केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७८ नम्बर १ को बुँदा नम्बर १ को १५ संशोधन गर्दै केराउ, सुपारी, केरा र सुकेको खुर्सानीको आयातमा एलसी खोल्दा राख्नुपर्ने नगद मार्जिन हटाएको हो। 

डलर सञ्चिति घट्दै गएपछि यसलाई रोक्नका लागि भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नगद मार्जिन एलसी खोल्न निर्देशन दिएको थियो। तर सरकारले बजेटमार्फत भन्सार महसुल बढाएपछि ती वस्तुको आयात निरुत्साहित हुने भन्दै राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था हटाएको हो। 

यसअघि ती वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो। त्यसअघि सरकारले ती वस्तुको आयात बन्द गरेको थियो। तर गत फागुन २६ गते सरकारले औद्योगिक प्रयोजनका लागि ती वस्तुहरुको आयात खोलेपनि नगद मार्जिन भने कायमै रहेको थियो।

प्रकाशित: Jun 09, 2022| 14:41 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्