आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काली मन्दिर व्यवस्थापन समितिलाई सिद्धार्थ बैंकको सहयोग

काली मन्दिर व्यवस्थापन समितिलाई सिद्धार्थ बैंकको सहयोग

सिद्घार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काली मन्दिरको पूर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई रु। एकाउन्न हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं– सिद्घार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काली मन्दिरको पूर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई रु। एकाउन्न हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १  प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिका सभापति डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शन बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

उक्त रकम काली मन्दिर व्यवस्थापन समितिले मन्दिरको साजसज्जा तथा सुन्दरता झल्काउने पूर्वाधार निर्माण गर्नका लागि प्रयोग गर्नेछ । धार्मिक महत्व र इतिहास बोकेको उक्त मन्दिरको पूर्वाधार विकासले आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।


प्रकाशित: Jun 09, 2022| 14:08 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्