आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजनीतिक दलका केन्द्रीय नेतादेखि राष्ट्रपतिको बैंक खातासमेत निगरानीमा

राजनीतिक दलका केन्द्रीय नेतादेखि राष्ट्रपतिको बैंक खातासमेत निगरानीमा

राजनीतिक दलका केन्द्रीय नेता, कर्मचारीका विशिष्ट श्रेणी, संसद्, उच्च अदालतको न्यायाधीशभन्दामाथि, सार्वजनिक संस्थाको प्रमुखदेखि राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गरिने भएको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- राजनीतिक दलका केन्द्रीय नेता, कर्मचारीका विशिष्ट श्रेणी, संसद्, उच्च अदालतको न्यायाधीशभन्दामाथि, सार्वजनिक संस्थाको प्रमुखदेखि राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गरिने भएको छ।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दे बैंक तथा वित्तीय संस्थालाई उच्च पदस्थ व्यक्तिहरूको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

त्यस्तै राष्ट्र बैंकले सो निर्देशिकामा बैंक तथा वित्तीय संस्थाले विदेशी उच्चपदस्थ व्यक्तिको खाताको निगरानी र  नियन्त्रण पनि गर्नुपर्ने उल्लेख छ।

त्यस्तैगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी सम्बन्धी अपराधको उच्च जोखिमयुक्त देखिएका मुलुक, क्षेत्र तथा उच्चपदस्थ व्यक्तिहरू र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग आबद्ध ग्राहकहरूको समेत निगरानी गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

यस्तै कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खाता समेत निगरानीमा राख्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ।

प्रकाशित: Jun 09, 2022| 13:37 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्