शनिबार, मंसिर ६, २०८२

एसिया कप छनोटमा भारतबाहेक सबै दक्षिण एसियाली देशको हार

बुधबार राति कम्बोडियाविरुद्धको खेलमा भारतले २-० को जित निकालेको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- एएफसी एसियन कपअन्तर्गत तेस्रो चरणको छनोटको पहिलो खेलमा भारतले जित निकालेको छ। बुधबार राति कम्बोडियाविरुद्धको खेलमा भारतले २-० को जित निकालेको हो। भारतलाई जित दिलाउन दुवै गोल सुनिल क्षेत्रीले गरेका हुन्। छनोटमा भारतबाहेक सबै दक्षिण एसियाली देशहरु पराजित भएका छन्।

National life

बुधबार रातिको छनोट खेलमा नेपालसँगै बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्स पनि छनोटमा सहभागी थिए। यी चारै टिमले हार बेहोरेका छन्। उज्वेकिस्तानको मार्किजी रंगशालामा भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० ले हराएको छ।

त्यस्तै, अफगानिस्तानले हङकङसँग २-१ को हार बेहोरेको छ। यता माल्दिभ्सले भने थाइल्यान्डसँग ३-० को हार बेहोरेको हो। छनोटको अर्को समूहको खेलमा भने बहराइनले बंगलादेशलाई २-० ले हराएको छ।

कुवेतमा बुधबार राति सम्पन्न भएको खेलमा नेपालले चाहिँ जोर्डनसँग हार बेहोरेको हो। नेपालविरुद्ध जोर्डनका अलि ओलवन र हम्जा अल डार्डउरले गोल गरेका थिए। खेलको पहिलो हाफ बराबरी भएपछि अलीले खेलको ६८औं मिनेटमा जोर्डनलाई अग्रता दिलाएका थिए।

त्यस्तै, पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै डार्डउरले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए। 

Laxmi sunrise bank
kumari

समूह एअन्तर्गतको अर्को खेलमा भने इन्डोनेसियाले कुवेतलाई हराएको छ। घरेलु मैदानमा कुवेतले हार बेहोरेको हो। उक्त खेलमा कुवेतले इन्डोनेसियासँग २-१ को हार बेहोरेको हो।

प्रकाशित: Jun 09, 2022| 09:20 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।