आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आज निष्काशन गरिँदै

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आज निष्काशन गरिँदै

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज बिहीबार आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज बिहीबार आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। 

निष्काशन गरिएको कूल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ। 

सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १७ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एप वा वेबसाइटमार्फत् पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: Jun 09, 2022| 06:49 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्