मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फुल चार्जमा ४ सय किलोमिटर कुद्ने विद्युतीय कार 'निटा भी' सार्वजनिक

फुल चार्जमा ४ सय किलोमिटर कुद्ने विद्युतीय कार 'निटा भी' सार्वजनिक

चिनियाँ सवारी उत्पादक होजनको विद्युतीय कार ‘निटा भी’ नेपालमा पनि सार्वजनिक भएको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्युतीय कार सार्वजनिक गरेको हो।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- चिनियाँ सवारी उत्पादक होजनको विद्युतीय कार ‘निटा भी’ नेपालमा पनि सार्वजनिक भएको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निटा भी सार्वजनिक गरेको हो। 

National life

सन् २०२० मा चीनमा पहिलोपटक सार्वजनिक भएको यो कार एकपटक पूरा चार्ज गरेपछि ४ सय किलोमिटरसम्म दगुर्ने सीजीका बिक्री निर्देशक दीपक थापाले जानकारी दिए। उनका अनुसार नेपाल आउने कारमा दुई ओटा फरकफरक मोटर र ब्याट्री प्याकको विकल्प दिइएको छ। 'लङ रेन्ज' मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर जडान गरिएको छ। फुल चार्ज हुँदा यो कारमा ४ सय किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। त्यस्तै स्ट्यान्डर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्री र ४० किलोवाटको मोटर जडान गरिएको र पूरा चार्ज गरेपछि ३ सय किलोमिटरसम्म यात्रा गर्न सकिने उनको भनाइ छ। 

निटा भीको लम्बाई ४ हजार ७० मिलिमिटर (एमएम), चौडाई १ हजार ६९० एमएम र १ हजार ५४० एमएम उचाइ छ। यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ। गाडीमा सीएटीएल लिथियमको ३८.५ केडब्लुएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ। यो ब्याट्री फुल चार्ज हुन एसी चार्जरबाट ६ घण्टा लाग्छ भने डीसी फास्ट चार्जरबाट २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ। 

निटा भीमा अगाडि र पछाडि दुवै तिरका चक्कामा 'डिस्क ब्रेक' राखिएको छ। कारको दुवै छेउमा 'चार्जिङ पोर्ट' छन्। एकापट्टको चार्जिङ पोर्टबाट ढिलो चार्ज हुन्छ भने अर्को चार्जिङ पोर्ट छिटो चार्ज हुन्छ। 

५ फरकफरक रंगमा उपलब्ध निटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। सीजीले बेचेका हरेक कारमा एक वर्षको बीमा निःशुल्क दिँदै आएको छ। यो कारको ब्याट्री तथा मोटरमा ८ वर्षको वारेन्टी छ। 

Shivam cement

सीजीका प्रबन्धक निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुग्ने भएकाले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने लक्ष्य अनुरुप आफूहरूले कार भित्र्याएको बताए। 

‘सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘सरकारको यही योजनालाई सघाउन हामीले निजी र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको विस्तारमा लागेका हौँ।’

त्यस्तै सीजी मोटर्सका सीइओ हेमन्त अग्रवालले नेपालको नेपालको यातायात क्षेत्रमा नै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीन सोचसहितका निटा भी ल्याइएको उल्लेख गरे। 

‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइकोबसलाई विद्युतीय विस्थापन गर्ने गरी हामीले काम गर्दैछौँ। उनका अनुसार सीजीले डिजेल/पेट्रोल सवारी भन्दा  वातावरण प्रदुषण नगर्ने विद्युतीय सवारीको बजार विस्तार गर्ने योजना बनाइएको छ। निटा ब्रान्ड पूर्ण रूपमा विद्युतीय सवारी उत्पादन गर्नका लागि डिजाइन गरिएको कार भएकाले यो किफायती रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: Jun 08, 2022| 19:57 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्