सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दूधको मूल्य बढाए भैँसी पाल्नेका छोराछोरी सडकमा आउँछन् : सांसद पाण्डे

दूधको मूल्य बढाए भैँसी पाल्नेका छोराछोरी सडकमा आउँछन् : सांसद पाण्डे

बुधबारको प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै सांसद पाण्डेले दूधको मूल्य बढाउँदा सडकमा नआएन आग्रह गरेका छन्। भैँसी पाल्नेका छोराछोरी नै दूधको मूल्य बढाउँदा सडकमा आउने गरेको उनको भनाइ छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- सांसद मोहन पाण्डेले दूधको मूल्य बढाउन आवश्यक रहेको बताएका छन्। सहरमा पानीको मूल्यभन्दा गाउँमा दूधको मूल्य रहेकाले दूधको मूल्य बढाउनुपर्ने बताएका हुन्। 

National life

बुधबारको प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै सांसद पाण्डेले दूधको मूल्य बढाउँदा सडकमा नआएन आग्रह गरेका छन्। भैँसी पाल्नेका छोराछोरी नै दूधको मूल्य बढाउँदा सडकमा आउने गरेको उनको भनाइ छ। 

'दूधको मूल्य बढाउन जरुरी छ। सहरमा पानीको मूल्यभन्दा गाउँमा दूधको मूल्य कम छ,' उनले भने, 'दूधको मूल्य बढाउँदा गाउँमा भैँसी पाल्नेका छोराछोरी सडकमा आउँछन्।'

उनले कृषि क्षेत्रको विकास गर्न नसकिएको समेत उल्लेख गरे। मलको समस्याबारे पनि सरकार गम्भीर नभएको उनको आरोप छ।

प्रकाशित: Jun 08, 2022| 19:55 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्