आइतबार, असोज ११, २०८३

पैसा नभएर रोकियो कोरोना बिमाको भुक्तानी

बिमा समितिका अनुसार अहिले कोरोना बिमावापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ। संख्याका आधारमा हेर्दा अहिले करिब १ लाख ११ हजार ९ सय बिमितले भुक्तानी पाउन बाँकी छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं-  कोरोना बिमाको भुक्तानी पैसा नभएर रोकिएको छ। अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन हुन नसक्दा भुक्तानी रोकिएको बताएका हुन्। अर्थ मन्त्रालयका सूचना अधिकारी कमल भट्टराईले भने,  ‘भुक्तानीको लागि केही रकम बुझाउने भनेर फाइल अगाडि बढेको थियो तर, स्रोत व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको हो।’

किस्ता-किस्ता गरेर भुक्तानी गर्ने मौखिक निर्णय भए पनि कार्यन्वयन हुन नसकेको सूचना अधिकारी भट्टराइले बताए। ‘अन्ततः छ अर्ब भुक्तानी गर्ने भनिएको थियो। त्यसमा पनि एकैपटक पैसा हुन्‍न भनेर किस्ता बुझाउने निर्णय भएको छ,’ उनले भने, ‘पहिलो किस्ता स्वरुप अर्ब रकम बुझाउने भनेर फाइल पनि अगाडि बढेको थियो। तर, स्रोत व्यवस्थापन गर्न नसक्दा रोकिएको छ।’

त्यस्तै स्रोत व्यावस्थापनका सन्दर्भमा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनिले आफूलाई यसबारे केही थाहा नभएको बताएका छन्। कोभिड भुक्तानीको प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्नमा सचिव मरासिनीले अनविज्ञता प्रकट गरे। उनले भने, 'यसबारेमा मलाई थाहा भएन।'

बिमा समितिका अनुसार अहिले कोरोना बिमावापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ। संख्याका आधारमा हेर्दा अहिले करिब १ लाख ११ हजार ९ सय बिमितले भुक्तानी पाउन बाँकी छ।

बिमा कम्पनीहरुले २०७७ चैतदेखि कोरोना बिमा भुक्तानी रोकेर राखेका छन्।

२०७७ जेठमा बिमा समिति, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारबीच भएको सहमतिअनुसार कोरोना बिमामा परेको कुल दाबीमध्ये १ अर्ब रुपैयाँसम्मको बिमा कम्पनीहरूले नै भुक्तानी गर्नुपर्नेछ। १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको नेपाल पुनर्बिमा कम्पनीले, २ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्मको बिमा कम्पनीहरूको महाविपत्ति कोषबाट बेहोरिने सहमति थियो।

साढे २ अर्बदेखि साढे ३ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बिमा समिति र साढे ३ अर्ब रुपैयाँभन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति छ। यो सहमतिअनुसार बिमा समिति, पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले तिर्नुपर्ने दायित्व करिब साढे ३ अर्ब रुपैयाँ मात्र हो। मापदण्डअनुसार बिमा समिति, कम्पनी र पुनर्बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने दायित्व सबै तिरिसकेका छन्। 

बिमा समितिका अनुसार अहिले कोरोना बिमावापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ। संख्याका आधारमा हेर्दा अहिले करिब १ लाख ११ हजार ९ सय बिमितले भुक्तानी पाउन बाँकी छ।

यता अर्थमन्त्री जनार्दन शर्मा सुरुमा कोरोना बिमाप्रति आक्रोशित थिए। उनले र्साजनिक रुपमा नै महामारिको बिमा नगनु पर्ने भन्दै आएका थिए। यद्यपि पछिल्लो समय भने उनले गल्ती भइसकेपछि जिम्मेवार हुनुपर्ने भन्दै भुक्तानी गर्नेमा सकरात्मक देखिएका थिए। 

सोही अनुसार अर्थमन्त्री शर्माले सरकारले तिर्नुपर्ने दायित्वमध्ये पनि केही हिस्सा बेहोर्ने गरी विकल्प पठाउन बिमा समितिलाई निर्देशन दिएका थिए। सोही निर्देशनका आधारमा समितिले कम्पनीहरूसँग छलफल गरेर गत माघमै दुई विकल्प अर्थ मन्त्रालय पठाइसकेको थियो। जसअनुसार समिति, कम्पनी र पुनर्बिमाले थप सवा ५ अर्ब रुपैयाँ भुक्तानी गर्न तयार भएका थिए। 

बाँकी ६ अर्ब बराबरको रकम अर्थमन्त्रालयले निकासा गरिदिनु पर्ने थियो। यद्यपि यो रकम विभिन्‍न बाहनामा निकासा हुन सकेको छैन। 

बिमा समितिका प्रवक्ता राजुरमण पौडेलले सरकार छलफलको क्रममा सकारात्मक देखिए पनि पैसा पठाउन आलटाल गरिरहेको बताउँछन्। ‘हामी निरन्तर आग्रह गरिरहेका छौँ,’ उनले भने,‘पैसा पाउने आश्वासन भने आएको छ।’ कोरोना महामारीको समयमा कोरोना बिमा १७ लाख ५८ हजार ३ सय ४३ जनाले कोरोना बिमा गरेका थिए। 


प्रकाशित: Jun 08, 2022| 18:14 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्